टी२० महिला विश्वकप – आज नेपालले चीनसग प्रतिस्पर्धा गर्दै

 

फागुन, १३ काठमाडौं – आईसीसी टी(२० महिला विश्वकप क्रिकेटअन्तर्गत आज नेपालले चीनसग प्रतिस्पर्धा गर्नेछ ।

थाइल्यान्डको बैंकक्मा आज नेपालले आफ्नो पाँचौ खेलमा चीनसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समयअनुसार १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

चीन जारी प्रतियोगितामा निकै बलियो टिमको रुपमा देखा पारेको छ । चीन अहिले अंक तालिकाको तेस्रो स्थानमा रहँदा नेपाल चौथो स्थानमा छ ।