वाइडवडी विमान खरिद प्रकरणमाथी अख्तियारले वयान लिने काम सुरु गर्याे

फागुन १२ , काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडवडी विमान खरिद प्रक्रियामा भएको भएको अनियमितता सम्बन्धि अनुसन्धान शुरु भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शंकास्पद र आरोप लागेका केही व्यक्तिमाथी छानविनका लागि वयान लिने काम सुरु गरेको हो ।

संसदको सार्वजनिक लेखा समितिको प्रतिवेदनलाई आधार बनाएर अनुसन्धान थालिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए ।हालसम्म एकजना पूर्वपर्यटनमन्त्रीको वयान लिने काम सुरु भएको र त्यो क्रम नसकिएको अख्तियारको स्रोतले जनाएको छ ।

अख्तियारले अनियमिततामा मुछिएका सबैसँग र क्रमैसंग वयान लिने भएको छ । साथै लेखा समितिले किटान गरेका बाहेक अरु केहि व्यक्तिहरुसँग पनि वयान लिने तयारी रहेको अख्तियारको श्रोतले बताएको छ ।

वाइडबडी विमान खरिदप्रकरणमा दुई पूर्वमन्त्री जीवनबहादुर शाही, जितेन्द्र देवका साथै वर्तमानमन्त्री रविन्द्र अधिकारी, सचिवहरु, निगमका महाप्रवन्धकसमेत जोडिएका छन् ।

लेखा समितिले ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै आवश्यक अनुसनधान गरी कारबाही गर्न अख्तियारलाई पत्राचार गरेको थियो ।