फागुन, १२ काठमाडौ — एनसेलमाथि गरिएको आक्रमणको जिम्मेवारी नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लिएको छ । शुक्रबार राति ललितपुरमा रहेको नख्खुको मुख्यालय लगायत देशभरका एनसेल टावरमा गरिएको बम हमलाको विप्लव पार्टीले जिम्मा लिएको हो ।
विशेषगरी कर छली गरेको भन्दै विप्लवले ‘जनकारवाही स्वरुप’ एनसेलमाथी कारवाही गरिएको विप्लव नेकपाको दाबी छ ।
फाुगन १० गते राति देशभरका विभिन्न स्थानमा आक्रमण गरिँदा मानवीय क्षति पुगेको भन्दै नेकपाले माफी मागेको छ । ललितपुरमा दुःखद् घटना भएको भन्दै नेकपाले माफी मागेको हो ।
विप्लवको पार्टीले लियो एनसेल आक्रमणको जिम्मा
