सरकारलाई चिकित्सक संघले दियो ७२ घण्टे अल्टिमेटम

फागुन,१२ काठमाडौ — कर्मचारी समायोजनमा चिकित्सकलाई संघमा राख्नु पर्ने माग राख्दै आन्दोलनरत सरकारी चिकित्सक संघले माग सम्बोधनको लागि सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ ।
आज आइतबारदेखि लागू गरिएको अल्टिमेटममा ७२ घण्टा सम्ममा पनि माग पूरा नगरिए देशभरको स्वास्थ्य सेवा ठप्प पार्ने, त्यसपछि पनि माग सम्बोधन नगरिए सामूहिक राजीनामा दिने जनाइएको छ ।
कर्मचारी समायोजनमा सरकारी चिकित्सकलाई संघ अन्तर्गत राखेर देशभर स्वास्थ्य सेवामा खटाउनु पर्ने सरकारी चिकित्सक संघको माग रहेको छ ।