नख्खु एनसेल कार्यालय अगाडि विष्फोट— तीन घाइते

फागुन, १० काठमाडौ — ललितपुरको नख्खुस्थित एनसेल प्रा.लि.को गेटमा विष्फोट हुँदा तीन जना घाइते भएका छन् ।
घटनामा परि प्रतिक्षा खड्का, उरुसा मानन्धर र सिंह गुरुङ घाइते भएको प्रहरी परिसर जावलाखेलका डिएसपी अपिल राज बोहराले इमेल खवरलाई बताए । घटना कस्ले र किन गराएको भन्ने बारेमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।