महिला टी–२० विश्वकप छनोट –नेपालद्धारा युएई ७ विकेटले पराजित

फागुन, १० काठमाडौ – आइसीसी महिला ट्वान्टी–२० विश्वकपको एसिया क्वालिफायर अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गर्दै दोस्रो जित दर्ता गरेको छ। युएईले जितका लागि दिएको ४२ रनको सामान्य लक्ष्य नेपालले १०.२ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।
नेपालको जितमा कप्तान रुविना क्षेत्रीले नटआउट १८ र काजल श्रेष्ठले १५ रनको योगदान दिइन् ।
यसअघि थाइल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा शुक्रबार बिहान टस जितेर पहिला ब्याटिङ गरेको युएईले १७.३ ओभरमा अलआउट हुँदै ४१ रनको सामान्य योगफल खडा गरेको थियो ।