चेल्सी अन्तिम १६ मा प्रवेश

फागुन, १० काठमाडौ — चेल्सी युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । अन्तिम ३२ को दोस्रो लेग अन्तर्गत बिहीबार राति भएको खेलमा चेल्सीले माल्मो एफएफलाई ३–० ले हराउँदै समग्रमा ५–१ को जितसहित अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो ।

बिहीबार राति नै भएको अर्को खेलमा बाते बोरिसोभलाई ३–० ले हराएको आर्सनल समग्रमा ३–१ को जितसहित अन्तिम १६ मा पुगेको छ ।
अर्को खेलमा भ्यालेन्सियाले सेल्टिकलाई १–० ले हराउँदै समग्रमा ३–० को जितसहित अन्तिम १६ मा स्थान बनाएको छ ।