दुर्घटनामा घाइते नेकपा सांसद ओलीको निधन

 

फागुन, १० काठमाडौ —नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश–५ का सांसद उत्तरकुमार ओलीको निधन भएको छ ।दाङबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद ओली कार दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए । उनको आज बिहान करीव ३ बजे काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारकै क्रममा निधन भएको परिवारस्रोतले जानकारी दिएका छन् । प्रदेश सांसद ओली सवार जीप र बस घोराही–लमही सडकमा एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो । सांसद ओली नेकपाका तर्फबाट दाङ क्षेत्र नं ३ ‘ख’ बाट प्रदेश सांसदमा निर्वा्चित भएका थिए ।