नेपाल प्रहरीका ४० एसपीको सरुवा

फागुन, १० काठमाडौं —नेपाल प्रहरीका २६ जना प्रहरी उपरिक्षक (एसपी) हरुको पदस्थापना र ४० जनाको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले उनीहरुलाई विभिन्न स्थानमा पदस्थापना र सरुवा गरेको हो ।
गृहमन्त्रालयको सचिवस्तरीय निर्णयबाट बढुवा भएका उनीहरुलाई पदस्थापना गरिएको प्रहरी प्रधान कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।