फागुन १० तपाईको आज (राशिफल)

जोतिषचार्य शिवराज रेग्मी

मेष राशिको लागि कला साहित्य र मनोरञ्जनमा रुची बढ्दै जानेछ । व्यक्तित्वमा निखार आउँदा सजिलै अरुको मन जित्न सकिनेछ । अचानक धन हात पर्नेछ ।

वृष राशिको लागि विद्यार्थी वर्गको लागी अध्ययनमा सोचे जस्तो सफलता मिल्न गाह्रो देखिन्छ । नयाँ कामको थालनी गर्नलाई बिलम्व हुनेछ । परिवारको कारणले सम्बन्धमा समस्या थपिनेछ ।

मिथुन राशिको लागि आलश्यताले गर्दा गरेको कामबाट सही नतिजा आउँन नसक्ने देखिन्छ । प्रतिभाले सहि सम्मान नपाउँने । अधिकार प्राप्तीको लागि बढि संघर्ष गर्नुपर्ने छ ।

कर्कट राशिका लागि वैदेशिक क्षेत्रबाट सहयोग मिल्नेछ । मित्र मिलनको योग देखिन्छ । अध्ययन क्षेत्रबाट राम्रो सफलता मिल्नेछ ।

सिंह राशिका लागि चोटपटकको भय देखिन्छ विशेष सजकता अपनाउँनु होला । क्रृण बढ्दै जानेछ । बढि परिश्रम गर्नुपर्ने छ ।

कन्या राशिका लागि भौतिक साधनमा जोड्ने अवसर प्राप्त होला । अध्ययनको क्षेत्रमा विशेष सफलता मिल्नेछ । परोपकार र सामाजिक काममा सहभागी भैनेछ ।

तुला राशिका लागि परिवारले सहयोग नगर्दा आटेको काम सिद्ध नहुने । अनावश्यक काममा खर्च बढ्नेछ । बोलीका कारण सम्बन्धमा समस्या आउँनेछ ।

वृश्चिक राशिका लागि भाग्यले साथ दिने छ । राजनितिक काममा सहभागी भैनेछ । कर्म क्षेत्रमा सफलता मिल्नेछ ।

धनु राशिका लागि जग्गा जमिन जोड्ने अवसर प्राप्त होला । नयाँ व्यापारको थालनी हुनेछ । मन हर्षित रहनेछ ।

मकर राशिका लागि स्वास्थ्यमा समस्या आउँनेछ । वैराग्यले सताउँनेछ । अनावश्यक भयले मन चिन्तित रहला ।

कुम्भ राशिका लागि संकाले गर्दा सम्बन्धमा समस्या बढ्दै जानेछ । पेटमा समस्या आउँनेछ । नजिकको मित्रसँग वादविवाद हुनेछ ।

मीन राशिका लागि मुद्धा मामिलाको झन्झट हट्नेछ । धार्मिक क्षेत्रको यात्राले गर्दा मन खुशी हुनेछ । मानसम्मानमा वृद्धि हुनेछ ।

यसदिनमा बिहान १०.३० देखि १२ बजेसम्म राहु काल रहनेछ । यस समयमा महत्वपूर्ण कार्य नगर्नु होला ।