फागुन, ९ काठमाडौ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठकले भक्तपुरस्थित इन्जिनियरिङ कलेजबाट लाखौं रुपियाँ घुस लिएको भिडियो अख्तियार पुगेको छ ।
पाठकलाई कारवाहीका लागि प्रमाण बटुल्ने क्रममा बिहीबार सिंहदरबारस्थित नेकपाको संसदीय दलमा पुगेको अख्तियारको तीन सदस्यीय अनुसन्धान टोलीलाई सो पार्टीका नेता सुवास नेम्बाङले भिडियो सहितको पेन ड्राइभ र अन्य कागजपत्र दिएका हुन् ।
पाठकले इन्जिनियरिङ कलेजको सम्पत्ति बाँडफाँटको विवाद मिलाइदिने भन्दै ठूलो रकम घुस लिएको भिडियोबाट पुष्टि हुने जनाइएको छ ।