समाज कल्याण परिषदका पदाधिकारी बर्खास्त

फागुन, ९ काठमाडौँ – सरकारले समाज कल्याण्ड परिषदका पदाधिकारीलाई बर्खास्त गरेको छ । बदनियत र कानुन विपरीत काम गरेको भन्दै सरकारले परिषदका पदाधिकारीलाई पदमुक्त गरेको हो ।
केही दिनअघिको मन्त्रीपरिषद बैठकले परिषदका उपाध्यक्ष नीलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना, सदस्यहरु कुञ्जकुमार झा, गोकर्ण भट्ट र सदस्यसचिव डिल्लीप्रसाद भट्टलाई पदमुक्त गर्ने निर्णय गरेको सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बिहीबार जानकारी दिएका हुन् ।