महिला टी–२० विश्वकप : नेपाल थाइल्याण्डसँग ५७ रनले पराजित

फागुन, ९ काठमाडौं – आइसीसी महिला ट्वान्टी–२० विश्वकपको एसिया क्वालिफायर अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल घरेलु टोली थाइल्याण्डसँग ५७ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

थाइल्याण्डले जितका लागि दिएको १ सय २५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको नेपाल २० ओभरमा ७ विकेटको क्षतिमा ६७ रनमा समेटियो ।
थाइल्याण्डले गत महिना महिला टि–२० स्म्यास प्रतियोगितामा नेपाललाई ९ विकेटले पराजित गर्दै उपाधि उचालेको थियो। राउण्ड रोबिनको आधारमा हुने छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ।