हटाइए सामुदायिक बिद्यालयका स्रोत व्यक्ति

फागुन, ९ काठमाडौं –  सरकारले शिक्षा मन्त्रालय अन्तर्गत सामुदायिक विद्यालयका   स्रोत व्यक्ति (आरपी) हटाएको छ । आरपीबाट हटेपछि उनीहरूले फेरि विद्यार्थीलाई कक्षामा अध्यापन गराउनु पर्नेछ । २०५६ सालदेखि देशभरि आरपी नियुक्त गरेको थियो ।
सरकारले सामुदायिक स्कुलका शिक्षकलाई नै आरपीमा नियुक्त गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार देशभरि १ हजार ५३ आरपी कार्यरत छन्। तीमध्ये ७५ अस्थायी छन्। आरपीको जिम्मेवारीबाट हटेसँगै उनीहरू फेरि पहिलेकै स्कुलमा पढाउन जानुपर्ने भएको छ । अस्थायी आरपीलाई सेवा अवधि गणना गरेर सुविधा दिने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरे पनि निर्णय नभएको मन्त्रालयले जनाएको छ।