फागुन, ९ काठमाडौ — आईसीसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटमा आज नेपालले आयोजक थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । विहान ८ बजेर ४५ मिनेटमा सुरु हुने खेलमा नेपाल थाइल्यान्डलाई पराजित गर्ने लक्ष्य लिएको छ ।
नेपालले २२ तारिख यूएई र २४ तारिख हङकङसँग खेल्नेछ । २५ तारिखमा चीनसँग खेल्ने नेपालले अन्तिम खेलमा कुवेतसँग २७ फेब्रुअरीमा खेल्दैछ ।
टी–२० महिला विश्वकप — आज नेपाल र थाइल्यान्ड बिच प्रतिस्पर्धा हुने
