फागुन, ९ काठमाडौ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन आयुक्त राजनारायण पाठकमाथि घुस र अकुत सम्पत्तिमा छानबिन थालेको छ । अख्तियार र शिक्षा मन्त्रालयले घुस खुवाउने भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनिरिङ कलेजमाथि पनि अनुसन्धान थालेको हो ।
घुस बुझाउनेलगायत कलेज सञ्चालकमाथि पनि छानबिन अगाडि बढाउने भएको छ । इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपानेले पटक–पटक गरेर पाठकलाई ७८ लाख रुपैयाँ घुस बुझाएको खुलासा गरेपछि पाठक विवादमा परेका हुन् ।