प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशको संसदलाई सम्बोधन गर्ने

फागुन ८, धनगढी– प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको संसदलाई आज सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यसअघि नै अन्य प्रदेशहरुको संसदलाई सम्बोधन गरिसकेका प्रधानमन्त्री ओलीले आज सुदूरपश्चिम संसदलाई सम्बोधन गर्ने कार्यक्रम रहेको हो ।

प्रधानमन्त्री ओलीलाई प्रदेश मुख्यमन्त्री, सभामुख, मन्त्री, सांसद् तथा संसद् सचिवालयका कर्मचारीले रातो कार्पेट बिछ्याएर प्रदेशसभा भवनमा स्वागत गरेका छन् ।

राष्ट्रप्रमुख वा सरकार प्रमुखले प्रदेशसभालाई सम्बोधन गर्ने व्यवस्था नभएको संविधान र प्रदेश नियमावलीमा विदेशी सरकार प्रमुख या राष्ट्रप्रमुखले भने प्रदेश सरकारलाई सम्बोधन गर्न सक्ने व्यवस्था छ । त्यसका लागि सम्बन्धित सभाका सभामुखसँग अनुमति लिनुपर्ने व्यवस्था प्रदेश नियमावलीमा छ ।

यद्यपी यसअघि प्रधानमन्त्रीले अन्य प्रदेशहरुमा सम्बोधन गरिसकेका छन् ।