निर्वाचन सञ्चालन कार्यतालिकाको व्यवस्था गर्न आयोगको आग्रह

फागुन, ८ काठमाडौ — निर्वाचन आयोगले निर्वाचन सञ्चालन कार्यतालिकाको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ।
तेस्रो निर्वाचन दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आवधिक निर्वाचनलाई अझै स्वच्छ, निष्पक्ष र मर्या्दित बनाउन निर्वाचन सञ्चालन कार्यतालिकाको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका हुन् ।
निर्वाचन आयोगले २०१५ साल फागुन ७ गते नेपालमा पहिलो पटक आमनिर्वाचन भएको दिनको स्मरण गर्दै विगत ३ वर्षयता निर्वाचन दिवस कार्यक्रम आयोजना गर्दै आएको छ।