फागुन ८ गते तपाईको आज (राशिफल)

जोतिषचार्य शिवराज रेग्मी

मेष राशिको लागि वैदेशिक क्षेत्रको काममा समस्या आउँनेछ । सही समयमा सही निर्णय लिन नसक्दा समस्या बढ्नेछ । प्रेम सम्बन्धले गर्दा मन दुखी हुनेछ ।

वृष राशिको लागि रोजगारीको क्षेत्रमा समस्या थपिन सक्छ । यात्रामा बाधा आउँनेछ । अरुको लागि महत्वपूर्ण समय खर्च हुनेछ ।

मिथुन राशिको लागि कला साहित्यको क्षेत्रमा विशेष सफलता मिल्नेछ । व्यापारको थालनी हुनेछ । वैदेशिक क्षेत्रबाट नसोचेको सहयोग प्राप्त हुनसक्छ ।

कर्कट राशिका लागि प्रेममा धोका हुनसक्छ । काममा मन नजाने छ गरेको काममा सफलता मिल्नलाई गाह्रो देखिन्छ । अचानक धन हानी हुनेछ ।

सिंह राशिका लागि परिवारसँग भेटघाटको अवसर मिल्नेछ । धार्मीक काममा रुची बढ्नेछ । गरेको कार्यले प्रशंशा पाउँनेछ ।

कन्या राशिका लागि स्वास्थ्य समस्या बढ्दै जानेछ । नयाँ कामको थालनी गर्दा चुनौती थपिनेछ । यात्रामा झन्झट आउँनेछ ।

तुला राशिका लागि व्यापार बिस्तारको लागि राम्रो अवसर आउँनेछ । नसोचेको धन हात पर्नेछ । प्रेम सम्बन्धको समस्या हट्दा मन प्रशन्न हुनेछ ।

वृश्चिक राशिका लागि कायमा पदोन्नती हुनेछ । सहकर्मीको सहयोगबाट जटिल कार्यले सजिलै पूर्णता पाउँनेछ । समाजिक काममा मन जानेछ ।

धनु राशिका लागि जग्गा जमिनको काममा विवाद बढ्दै जानेछ । धार्मीक काममा रुची घट्नेछ । अध्ययन क्षेत्रबाट राम्रो नतिजा आउँनलाई गाह्रो हुनेछ ।

मकर राशिका लागि कानुनी झमेला आउँन सक्छ । शत्रुपक्ष सक्रिय हुनेछन् । स्वास्थ्यमा समस्या आउँनेछ ।

कुम्भ राशिका लागि मनोरञ्जन र श्रृङ्गारमा समय बित्नेछ । पति पत्नीबिचको दुरी घट्नेछ । बाहान सुखको योग छ।

मीन राशिका लागि अधिकार प्राप्तीको योग देखिन्छ । राजनितिक कार्यका सहभागी भैनेछ । प्रतिस्पर्धामा सफलता मिल्नेछ । आम्दानीमा वृद्धि हुनेछ ।

यसदिनमा दिनको १२ देखि १.३० बजेसम्म राहुकाल रहनेछ । यस समयमा महत्वपूर्ण कार्य नगर्नु होला ।