फागुन, ७, काठमाडौ — घुस प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोग का आयुक्त राजनारायण पाठकविरुद्ध अदुअआले अनुसन्धान थालेको छ ।
इमेल खवर डटकमलाई जानकारी दिदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग का प्रवक्ता रामेश्वर दंगालले सहसचिवको नेतृत्वमा तीन सदस्यीय कमिटी गठन गरेर अनुसन्धान थालेको बताएका छन् । उनले भने ‘पाठकमाथि कमिटी गठन गरेर विस्तृत अनुसन्धान सुरु गरेका छौं ।’
नेपाल इञ्जिनियरिङ कलेजमा भएको भ्रष्टाचार मिलाइदिने शर्तमा उनले ७८ लाख रुपैयाँ घुस लिएको सार्वजनिक भएपछि पाठकले गत शुक्रबार पदबाट राजीनामा दिएका थिए ।