बैतडी विद्युत प्राधिकरणका एक कर्मचारीको करेन्ट लागेर मृत्यु

 

फागुन ७, काठमाडौ– विद्युत प्राधिकरण वैतडीका एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ । मंगलवार विहान पाटन नगरपालिका ६ का ५५ वर्षीय भानसिंह खत्रीको मृत्यु भएको हो ।

स्थानीय सुर्नयागाडको विद्युतगृहमा फ्युज हाल्न गएका बेला करेन्ट लागेर खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनले जानकारी दिएको छ ।