फागुन ७, काठमाडौं –यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स छपाई र वितणको जिम्मेवारी प्रदेशलाई दिने तयारी गरेको छ ।
सवारी साधन अनुमति पत्रको आवेदन पाँच गुणा बढ्न थालेपछि विभागले प्रदेश स्तरमा छपाउने कार्य अघि बढाउन लागेको हो । यो व्यवस्थाले स्मार्ट लाईसेन्स वितरण सहज र सरल बन्ने देखिन्छ ।
हाल लाइसेन्स छपाइ तथा वितरणसम्बन्धि सम्पूर्ण कामकारवाही यातायात व्यवस्था विभाग मातहत हुदै आइरहेको छ ।
हालसम्म यातायात व्यवस्था विभागबाट आठ लाखभन्दा बढी लाइसेन्स छपाइ भइसकेको र चार लाखभन्दा बढी लाइसेन्स छपाइ हुन बाँकी रहेको यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्ण उपाध्यायले बताए ।
‘यातायात व्यवस्था विभागबाट दश हजार भन्दा बढी दैनिक माग भईरहेको लाइसेन्स करिब तीन हजारको सख्यामा मात्रै छपाइ हुदै आएको छ । लाइसेन्सको आवेदन संख्या अत्याधिक बढेकाले प्रदेश तहलाई यसको जिम्मेवारी हस्तान्तरण गर्न लागिएको विभागका प्रवक्ता गोकर्ण उपाध्यायको छ ।