फागुन, ६ काठमाडौ – नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले गायक पशुपति शर्मालाई पुरस्कार दिने घोषणा गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा जनताको बोली गाउने गायकलाई सम्मान गर्ने भन्दै पुरुस्कारको घोषण गरेका हुन् ।
सिंहले फागुन महिनाको पारिश्रमिकबाट २५ हजार रुपैयाँ दिने घोषणा गरेका हुन् । जनताको बोली गाउने गायकलाई म आफ्नो फागुन महिनाको पारिश्रमिकबाट २५ हजार रुपैयाँ दिने घोषणा गर्न चाहन्छु’। उनले भने
गायकले राष्ट्रपति र प्रधानमन्त्रीलाई अपमानित गरेको भन्दै सत्तारुढ दलका भातृसंगठनहरुले आपत्ति जनाएका छन् भने कांग्रेस र विवेकशीललगायत दलले शर्माको गीतलाई समर्थन गरेका छन् ।