नेकपा सचिवालय बैठक बालुवाटारमा बस्दै, पार्टी एकतालाई टुंगो लगाउने प्रयास

 

फागुन, ६ काठमाडौं — नेकपा सचिवालय बैठक । प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । पार्टी एकतालाई छिटो टुंगो लगाउने प्रयासमा नेकपा सचिवालयको बैठक बस्ने भएको हो ।
एकताका लागि गृहमन्त्री समेत रहेका नेता रामबहादुर थापा बादलको संयोजकत्वमा कार्यदल गठन भए पनि अझैसम्म एकताले पूर्णता पाएको छैन । त्यसैले अब अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आफैंले एकताको खाका तयार पार्ने जिम्मा लिने तयारीमा छन् ।