मोरङमा टिपरलाई टाईम कार्ड लागू गरिने, तोकिएको समयभन्दा अघि पुग्नेलाई कारवाही

फागुन ६, विराटनगर – टिपरको दुर्घटनाको जोखिम बढेपछि मोरङमा टाइम कार्ड लागू हुने भएको छ । बजार क्षेत्रमा टिपरको दुर्घटनाको जोखिम बढेपछि मोरङ प्रहरीले टाइम कार्ड लागू गर्ने तयारी गरेको हो ।

अहिले पनि प्रदेश १ मा बिहान र बेलुकाका ४ घण्टा मुख्य राजमार्गमा टिपर चलाउन प्रतिवन्ध लगाइएको छ यद्यपी मोरङ ट्राफिकले छुट्टै टाइम कार्ड लागू गर्ने तयारी गरेको हो ।

प्रहरीले तयार पारेको टाईम कार्डमा पुग्नुपर्ने दूरीको न्यूनतम समय निर्धारण गरिने छ । कार्डमा तोकिएको समयभन्दा छिटो पुगे टिपरलाई कारवाही गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

व्यवसायीसँगको छलफलपछि ट्राफिक प्रहरीले दूरी अनुसारको समय निर्धारण गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख शिवकुमार पोखरेलले बताए ।

कार्ड लागू भएपछि मुख्य राजमार्गमा खटिएका ट्राफिक प्रहरीले ड्राइभरलाई दिएको कार्डमा छुटेको समय र पुग्नु पर्ने समय उल्लेख गरएको हुन्छ ।

लेखिएको समय उक स्टेसनबाट अर्काे स्टेशनमा बस्ने ट्राफिकलाई म्यासेज पनि गरिएको हुन्छ । म्यासेज र कार्डमा लेखिएको समयभन्दा छिटो पुगे ड्युटीमा खटेका प्रहरीले जरिवाना तिराउनेछन् ।