पशुपति शर्माको गीतको समर्थन गर्दै माइतीघरमा प्रर्दशन

 

फागुन, ५ काठमाडौं — गायक पशुपति शर्माको ’लुट्न सके लुट कान्छ‘’ गीतको समर्थन गर्दै युवाहरुले राजधानीको माइतीघरमा प्रर्दशन गरेका छन् ।  विवेकशील नेपाली दल समर्थित युवाहरुले प्रदर्शन गरेका छन्।
उनीहरुले सार्वजनिकरुपमा शर्माको गीत बजाउँदै नाचगान गरेका थिए । उनीहरुले ‘कम्युनिस्ट सरकार कि पञ्चायत रिटर्न्स ? भ्रष्टाचार बन्द गर्ने कि भ्रष्टाचारविरुद्धको गीत? ओली सरकार वाक् स्वतन्त्रता खोइ ? जस्ता नारा लगाएका थिए । शर्माले शनिबारसाँझ गीत युट्युवबाट हटाएको घोषणा गरेका थिए। उनले गीत हटाए पनि सामाजिक सञ्जालमा गीत भाइरल भइरहेको छ।