६० हजार घुस सहित ईन्जिनियर पक्राउ

फागुन ५, कञ्चनपुर – कञ्चनपुरमा ६० हजार घुस सहित एक ईन्जिनियर पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले कञ्चनपुरको बेलौरी नगरपालिकाका सब(इन्जिनियर हृदयराज बजगाईलाई ६० हजार घुस सहित रंगेहात पक्राउ गरेको हो ।

कल्भर्ट निर्माण सम्पन्न भएको भन्दै बिल फरफारक गरिदिएवापत सेवाग्राहीसँग घुस रकम मागेका थिए । घुस मागेकोे सूचना अख्तियारलाई प्राप्त भएपछि ईन्जिनियरलाई नियन्त्रणमा लिइएको थियो ।

पक्राउ परेका ईन्जिनियर बजगाई माथि थप अनुसन्धानका लागि अख्तियारको केन्द्रीय कार्यालय पठाइने अख्तियार आयोग कञ्चनपुरले जनाएको छ ।