फागुन, ५ काठमाडौ –सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठनले आन्दोलनको घोषणा गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावको मिति घोषणा गरेर निर्वाचन कार्यतालिका सार्वजनिक नगरेको भन्दै विद्यार्थी संगठनहरुले त्रिभुवन विश्वविद्यालयविरुद्ध आन्दोलनको घोषणा गरेका हुन् ।
अखिल र अखिल (क्रान्तिकारी) ले एक विज्ञप्ती जारी गर्दै दुई दिने आन्दोलनका कार्यक्रम घोषणा गरिएको हो ।