फागुन४, बाजुरा – बाजुराको नौवटा स्थानीय तहका झण्डै १०० बस्ती विपद्को जोखीममा परेको एक तथ्य सार्वजनिक भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय तहका ९५ बस्तीहरु विपद्को उच्च जोखिममा रहेको सूची सार्वजनिक गरेको हो ।
९५ बस्तीमध्ये सबैभन्दा बढी जोखिममा रहेको त्रिवेणी नगरपालिका र दोस्रोमा बडिमालिका नगरपालिका रहेको जनाएको छ ।
सार्वजनिक गरिएको विप्दको जोखिममा परेको सुचीलाई तल्काल केन्द्रमा पठाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताए ।
त्रिवेणी नगरपालिकाको वडा नं १ को विशालबजार, सल्लेरी, वडा नं ४ को पिपलसैन, राउतेला, वडा नं ५ को किम्नीको ढोड क्षेत्र र वडा नं ६ को गैरा, पन्धारागाउँ, फल्नेतोला–८ को पन्ताली, ढडाली, बाँगापाटा, कालापानी, गिरीवाडा, नेपालीटोल, ९ को ताम्सु, नुवाकोटको बस्ती जिल्लाकै उच्च जोखिममा परेको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै त्रिवेणीपछि दोस्रो जोखिममा रहेको बडिमालिका नगरपालिकामा १५ बस्ती उच्च जोखिममा रहेका छन् । समितिले उच्च जोखिममा रहेका ९५ मध्ये तत्काल स्थानान्तरणका लागि बडिमालिका नगरपालिका वडा नं १ को सल्लेना, २ को मैमातोला विष्टवाडा, बथानलेख–७ को जिल्ली, ३ को उखाडीलगायतका बस्ती सिफारिश गरेको छ।
जोखिममा रहेका बस्तीको स्थानान्तरण तथा व्यवस्थापनाका लागि शहरी विकास तथा भवन निर्माणका लागि सिफारिश गरिएको समितिका सदस्य कृष्ण अधिकारीले जानकारी दिए।
त्यस्तै सबैभन्दा जगन्नाथ गाउँपालिकाका बस्ती पनि कम जोखिममा रहेका छन ्। हिमाली गाउँपालिकामा जोखिममा परेको बस्तीहरुमध्ये स्थानान्तरण गर्नुपर्ने बस्ती धेरै रहेको प्रजिअ बरालले बताए ।
(रासस)