फागुन, ३ काठमाडौ — सिन्धुली जिल्लाको तीनपाटन गाउँपालिका–६ मा आगलागी हुदा ७३ वर्षीय पूर्णबहादुर भुजेलका दुई घर जलेर नष्ट भएको छ ।
सोलारको ब्याट्री पड्किँदा दुई घर जलेर नष्ट भएको हो । घरमा रहेको ४५ एम्पियरको १२ भोल्टको सोलार ब्याट्री पड्किँदा घरमा आगलागी भई दुवै घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
रासस
सोलारको ब्याट्री पड्किँदा सिन्धुलीमा आगलागी, दुई घर जलेर नष्ट
