९ लाख ३३ हजार नगदसहित २३ जुवाडे पक्राउ

फागुन३, चितवन –९ लाख ३३ हजार नगदसहित २३ जुवाडे पक्राउ परेका छन् ।

प्रहरीले ९ लाख ३३ हजार नगदसहित २३ जुवाडेलाई चितवनको भरतपुर महानगरपालिका–११, भोजाडको छिम्केश्वरी टोलबाट गएराति १२ बज बाट पक्राउ गरेको हो ।

जुवा खेलाइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय, चितवनकी प्रहरी निरीक्षक चिलिमाया तामाङ नेतृत्वमा टोली छापा मारेको चितवन प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले बताए ।

पक्राउ पर्नेहरुमा गोरखा, चितवन र तनहुँका रहेका छन् । पक्राउ परेका जुवाडेहरुले भ्यालेन्टाइन डेको अवसर पारेर कौडा खेलेको बताएका छन् ।