फागुन २, काठमाडौं – गुलाबकोे फूल । प्रेमको प्रतिक अनि मायाको चिनो । आज कति विक्री भयो होला ? सहजै अनुमान गर्न सकिन्छ । सदा झै अरु दिन भन्दा कयौ गुना विक्री भएको हुनपर्छ । कहि न कहि थोरै धेरै सधैजसो विक्री हुने गूलाबको फूलको माग आज अचाक्ली बढेको छ ।
कारण १४ फ्रवरी ‘भ्यालेनटाइन डे’ प्रणय दिवस नै हो । पश्चिमा संस्कृति मनाउदै आएको यस प्रेम दिबसले पछिल्लो समय नेपाललाई पनि अत्याएको छ । प्रणय दिवसलाई चाहेर या नचाहेरै पनि न नस्वीकारर्ने कमै होलान् ।
त्यसैले आजको दिन ‘भ्यालेनटाइन डे’ प्रणय दिवसमा सबैभन्दा वढि गुलाबको फूलको माग बढेको छ । सायद आज यस प्रणय दिवसमा गुलाबको फूलले बजारको माग थेग्न हम्मे हम्मे परेको हुनपर्छ । किनकी नेपालमा यसको उत्पादन निकै कम उत्पादन हुने गरेको छ । व्यावसायिक रुपमा फूलको खेती गर्ने केही किसान पनि कम छन् ।
तर आजैको दिन गुलाब फूलको उत्पादन गर्दै आएका चितवनका एक जना युवा किसानले तीन महीनाको दौरानमा अवधिमा १० लाखको गुलाब बिक्री गरेका छन् । पन्ध्र कट्ठा जग्गामा गुलाब खेती गर्दै आएका भरतपुर महानगरपालिका–१८ गुन्जानगरका प्रकाश पन्तले तीन महीनामा रु १० लाखको फूल बिक्री गरे । १० लाखको गुलाब बिक्री गर्दा उनलाई सबै खर्च घटाएर रु ३ लाख रुपैयाा फाइदा भएको छ ।
आजै मात्र प्रणय दिवसको अवसमा चितवनमा मात्रै २० हजार स्टीक गुलाबको माग बढेको पाइएको छ ।