कञ्चनपुरको पुनर्बासबाट १८ किलो सुन सहित दुई जना पक्राउ

फागुन २, धनगढी – भारतीय सीमावर्ती क्षेत्र कञ्चनपुरको पुनर्बासबाट १८ किलो सुन बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरको टोलीसँगै अपराध महाशाखा र केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले पुनर्बास क्षेत्रबाट १८ किलो सुन बरामद गरेको हो ।

सुनसँगै दुई जनालाई पनि पक्राउ गरेको कैलालीका प्रहरी प्रमुख एसपी आभुषण तिम्सिनाले जानकारी दिए ।

पक्राउ परेका व्यक्ति नाम नखुलाएको र  उनीहरुलाई कैलालीको जिल्ला प्रहरी कार्यालयतर्फ लगिएको प्रहरीले जनाएको छ ।