घुसकाण्डमा मुछिएका अख्तियारका आयुक्तलाई राजीनामा दिन दबाब, नदिए महाअभियोग लगाउने

फागुन २, काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले घुसखोरीमा मुछिएको भनिएका अख्तियारका आयुक्त राजनारायण पाठकले राजीनामा नदिए महाअभियोग लगाउने बताएको छ ।

भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजसम्बन्धी विवादमा लाखौं रुपैयाँ घुस लिएको भिडियो हेरेपछि नेकपाका नेताहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त पाठकलाई हटाउने निश्कर्षमा पुगेका हुन् ।

संसदको शिक्षा समितिका सदस्य समेत रहेका सांसद योगेश भट्टराईले पनि आयुक्त पाठकले राजिनामा दिनुपर्ने बताए ।  साथै सांसद योगेश भट्टराईले पाठकमाथि छानविन गरिने र ‘राजिनामा नदिएको खण्डमा महाअभियोग लगाउन सकिने विकल्प रहेको जानकारी गराए ।

सांसद भट्टराई संयोजक रहेको संसदीय उपसमितिले नेपाल इन्जिनियरिङ कलेजबारे अध्ययन गरेको थियो ।