एसइईको जिम्मा अव प्रदेशको, प्रदेशपिच्छे फरकफरक प्रश्नपत्र

फागुन, १ काठमाडौं — माध्यमिक शिक्षा परीक्षा (एसइई) को व्यवस्थापन प्रदेशले गर्ने भएको छ। व्यवस्थापनको जिम्मेवारी प्रदेशलाई दिइएको छ भने प्रश्नपत्र प्रदेशपिच्छे फरकफरक हुने छन् ।

परीक्षामा यस वर्ष नियमिततर्फ ५ लाखभन्दा बढी र ग्रेडवृद्धिका लागि ५० विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ ।  प्रश्नपत्रको स्तर एउटै हुन्छ तर सेट भने फरकफरक हुन्छ । फागुन १ देखि प्रश्नपत्र छपाइ कडा सुरक्षामा सुरु हुने भएको छ ।

चैत १० देखि २१ सम्म सञ्चालन हुने एसइईलाई व्यवस्थित र मर्या्दित बनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेले निर्देशन दिएका छन् ।