फागुन, १ काठमाडौं — नेपाली कांग्रेसको आन्तिरक विवाल चर्किदै गएको छ । केन्द्रीय पदाधिकारी तथा सदस्य स्वस् महाधिवेशन तथा क्षेत्रीय प्रतिनिधि हुने नहुने विवाद समाधान हुन सकेको छैन ।
संस्थापन पक्षका नेताहरु स्वतस् प्रतिनिधिको व्यवस्था गर्ने अडानमा छन् भने संस्थापन पक्ष इतरका नेताहरु भने निर्वा्चित भएर आउन डराउन नहुने पक्षमा छन् ।
केन्द्रीय कार्यसमितिका पछिल्ला बैठक पक्ष विपक्षमा विभाजित भएपछि सभापति शेरबहादुर देउवाले आजको बैठकबाटै विधान पारित गर्ने तयारी गरेका छन् । बैठक ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा दिउँसो एक बजेका लागि बोलाईएको छ ।