अधिकृतस्तरमा बढुवा हुन स्नातक तह उत्तीर्ण हुनुपर्ने

माघ, २९ काठमाडौ — सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अधिकृतस्तरमा बढुवा हुन स्नातक तह उत्तीर्ण हुनुपर्ने नयाँ व्यवस्था गरिएको छ ।

मन्त्रालयले संसद्मा पेश गरेको ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा अब कुनै किसिमबाट पनि अधिकृतस्तरमा बढुवा हुनका लागि न्यूनतम शैक्षिक योग्यता स्नातक तह उत्तीर्ण गर्नुपर्ने व्यवस्था गरिएको हो ।
प्रशासन सेवा आरक्षण कोटा एक व्यक्तिले एकपटक मात्र पाइने व्यवस्था पनि गरिएको छ । यसअघि एक व्यक्तिले पटकपटक आरक्षण कोटा पाउने गरेका थिए ।

यसैगरी विधेयकमा स्थानीय र प्रदेशमा रहेका कर्मचारी सङ्घमा खुला प्रतिस्पर्धाबाट बढुवा भएर आउने पाउने व्यवस्था गरिएको छ ।

(रासस)