हिरो वोमेन्स गोल्डकप फुटबलमा भारतलाई हराउदै नेपालको जीत

माघ २९, काठमाडौं – हिरो वोमेन्स गोल्डकप फुटबलमा पहिलोपटक नेपालले भारतलाई हराईदिएकोछ । कलिंगा रंगशालामा सोमबार रातिको खेलमा नेपालले भारतलाई २–१ गोल अन्तरले हराएको हो । भारत दक्षिण एसियाकै पावर हाउसको रुपमा मानिन्छ ।

यो जित नेपालको लागि एकदमै महत्वपूर्ण जित हो । किनभने नेपालले भारतलाई महिला फुटबलको सिनियर टिममा पहिलो पटक हराउन सफल भएकाले यो जीतलाई नेपालको महत्वपूर्ण जितको रुपमा लिइएकोछ । भारतमाथि नेपालले इतिहास बनाउन सफल भएको छ ।

सावित्रा भण्डारीले दुवै गोल गरी नेपाललाई जीताएकी हन् । खेलको पाँचौ मिनेटमा सावित्राले गोल गरेपछि नेपालको जीत अगाडी वढेको हो । त्यसपछि सातौ मिनेटमा उनैले अर्को गोल गर्दा नेपालको तर्फबाट भारतलाइ दुई गोल खुवाएको हो ।

खेलको ८४ औ मिनेटमा रतन बालादेवीले भारतको तर्फबाट १ गोल गरेकी थिईन । तर बाँकी समयमा कुनै पनि समुहको गोल नभएपछि २–१ गोलको विरुद्ध नेपालले जितेको हो ।

यो खेल सँगै नेपालको फाइनलमा पुग्ने सम्भावना पनि बढेको छ । अबको अन्तिम खेल नेपालको इरानसँग हुनेछ ।