माघ, २८ काठमाडौ — आइतबार देशभरको मौसम सफा भए पनि आज भने फेरि बदली हुने तथा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभाव फेरि बलियो भएर आएकोले सोमबारको मौसममा आंशिक देखि सामान्य बदली रहने महाशाखाले उल्लेख गरेको छ । आइतबार देशभरको मौसम सफा भएर घाम लागेको थियो । आज भने देशका उच्च पहाडी भेगका केही स्थानमा हल्का वर्षा र थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज मौसममा बदली भई पानी पर्न सक्ने
