माघ, २८ गते तपाइको आज — राशिफल

जोतिषचार्य शिवराज रेग्मी

मेष राशि —शुभ कार्यले चर्चा पाउँनेछ । पारिवारिक जमघटमा रमाईलो समय बित्नेछ । रोजगारीको नयाँ अवसर प्राप्त हुनेछ ।

वृष राशि —रोजगारीको क्षेत्रमा समस्या थपिन सक्छ । माल सामान हराउँन सक्छ सजक रहनु होला । यात्रामा बाधा आउँनेछ ।

मिथुन राशि —प्रेम सम्बन्धको समस्या हट्दा मन प्रशन्न रहनेछ । कला साहित्यको क्षेत्रमा विशेष सफलता मिल्नेछ । आम्दानीमा वृद्धि हुनेछ


कर्कट राशि —खेलकुदमा रुची बढ्नेछ । भोजभतेरमा सहभागी हुने अवसर मिल्ला । व्यापारमा वृद्धि हुनेछ ।

सिंह राशि —परिवारबाट टाढा जानुपर्नेछ । धार्मीक रुची घट्नेछ । गरेको कार्यबाट धन हानी हुनेछ ।

कन्या राशि —स्वास्थ्य समस्या बढ्दै जानेछ । अप्रिय समाचारले मन चिन्तित रहला । प्रेम सम्बन्धमा दुरी बढ्नेछ ।

तुला राशि —व्यापार बिस्तारको लागि समय शुभ देखिन्छ । श्रीमतीको सहयोगले आटेको काम सम्पन्न हुनेछ । बसाईसराईको योग छ ।

वृश्चिक राशि —लागि प्रतिभाको कारण विशेष सम्मान मिल्नेछ । लामो समयसम्म रोकिएको काम पूर्ण हुनेछ । मन प्रशन्न हुनेछ ।

धनु राशि —सहि समयमा सहि निर्णय लिनलाई गाह्रो हुनेछ । अनावश्यक सोचले मन चिन्तित रहला । प्रेममा समस्या थपिदै जानेछ ।

मकर राशि —रोजगारीका अवसरहरु गुम्नसक्छ । स्वास्थयमा समस्या आउँनेछ । साथीभाईको सहयोग नपाउँदा आटेको काम अधुरो हुनेछ ।

कुम्भ राशि —लामो समयसम्म रोकिएको धन हात पर्नेछ । महिला मित्रको सहयोग प्राप्त होला । मनोरञ्जनमा समय बित्नेछ ।

मीन राशि —आफ्नो अधिकार गुम्ने खतरा देखिन्छ सजक रहनु होला । प्रेम प्रस्ताव अस्विकार हुनेछ । बोलीका कारण अनावश्यक वादविवादमा फसिनेछ ।

यसदिनमा बिहान ७.३० देखि ९ बजेसम्म राहुकाल रहनेछ । यस समयमा महत्वपूर्ण कार्य नगर्नु होला ।