दुई वर्ष पछि आइसिसीले पठायो २१ क्रिकेट खेलाडीको तलब

माघ, २६ काठमाडौं — अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नेपाली खेलाडीको रोकिएको दुई वर्षको तलब एकमुष्ठ पठाएको छ। राष्ट्रिय खेलकूद परिषद् (राखेप) को पहलमा आइसिसीले दुई वर्षको खेलाडीको तलब एकमुष्ठ रु एक करोड २७ लाख ८७ हजार ७८२ पठाएको राखेपले जनाएको छ ।

आइसिसीले ‘ए’ श्रेणीका लागि मासिक रु ३५ हजार, ‘बी’ श्रेणीका लागि रु २५ हजार र सी श्रेणीका खेलाडीलाई रु १५ हजार मासिक तलब उपलब्ध गराएको छ। ‘ए’ श्रेणीमा कप्तान पारस खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने छन्। दुई वर्षको तलब एक मुष्ट लिँदा ‘ए’ श्रेणीमा पर्ने खेलाडीले जनही रु आठ लाख ४० हजार पाउनेछन्।
त्यसैगरी श्रेणी ‘बी’ मा आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिलकुमार साह, रोहित पौडेल, ललित राजवंशी र शक्ति गौचनले रु ६ लाख पाउनेछन्

सी श्रेणीमा सुवास खकुरेल, सागर पुन, दिलीप नाथ, सुनिल धमला, सुसन भारी, प्रदीप ऐरी र विनोद भण्डारीले रु तीन लाख पाउनेछन्।
नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्बनमा परेँगै नेपाली खेलाडीले दुई वर्षदेखिको तलब पाएका थिएनन् ।