ब्राजिलमा आगलागीमा परि १० खेलाडीको मृत्यु

माघ,  २६ काठमाडौ — ब्राजिलको राजधानी रियो दी जेनेरियोस्थित फ्लामेङ्गो फुटबल क्लबमा आगोलागी हुदा १० खेलाडीको जलेर मुत्यु भएको छ । आगलागीमा परी फुटबलरसहित १० जनाको मृत्यु भएको अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
ज्यान गुमाउनेमा ६ युवा खेलाडी र ४ जना क्लबका कामदार छन्। घटनामा परी तीन खेलाडी घाईते भएका छन्। उनीहरूमध्ये एक जनाको अवस्था गम्भीर छ । आगलागीको कारणबारे केही खुल्न सकेको छैन ।