वाग्मती सफाइ महाअभियानको तीन सय हप्ता पुरा

माघ,२६ काठमाडौ — वाग्मती सफाइ महाअभियानको आज ३०० औँ हप्ता पुरा भएको छ । ०७० जेठ ४ गते देखि यो अभियान शुरु भएको अभियानले आज तीन सय हप्ता पुरा गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा विशेष समारोह हुने भएको छ ।
सफाइ अभियानकर्मी जनजागरण ¥यालीसहित मूल कार्यक्रमस्थल शङ्खमूलमा जम्मा हुनेछन् ।