जग्गा नभएका भूकम्प प्रभावितले वन क्षेत्रमा पनि घर वनाउन पाउने

माघ२४, काठमाडौं — भूकम्प प्रभावितले घर वनाउने उपयुत्त जग्गा नभएको खण्डमा वन क्षेत्र प्रयोग गर्ने पाउने भएका छन् ।

मन्त्रिपरिषदको केही दिनअघिको बैठकले भूकम्पबाट प्रभावित व्यक्तिको पुनर्बास तथा स्थानान्तरणका लागि वनक्षेत्रको जग्गा उपलब्ध गराउने सम्बन्धी पहिलो संशोधन कार्य्विधि स्वीकृत गरेपछि उनीहरुलाई वन क्षेत्रमा घर बनाउन बाटो खुलेको हो ।

सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बास्कोटाले घर बनाउने आफ्नो उपयुक्त जमिन नभएको खण्डमा भूकम्प प्रभावितलाई वन क्षेत्रमा बस्न दिने गरी कार्य्विधि ल्याइएको बताए ।

भूकम्प प्रभावितलाई एउटै छानोभित्र ल्याउने सरकारको नीतिअनुसार यो कार्य्विधि ल्याएको मन्त्री बास्कोटाले जानकारी गराए ।