बैदेशिक रोजगारीमा रहेका नेपालीले नेपालमा ५ प्रतिशत सेयर लगानी गर्न पाउने वातावरण वन्दै

माघ२४, काठमाडौं — बैदेशिक रोजगारीमा रहेका नेपालीले अब ५ प्रतिशत सेयर लगानी गर्न पाउने भएका छन् ।
एक सरकारी कार्यदलले वैदेशिक रोजगारीमा रहेका नेपालीले पनि लगानी गर्न सक्ने व्यवस्थाको सुझाव तयार गरेपछि उनीहरुका लागि ५ प्रतिशत सेयर आरक्षणको व्यवथा गरिएको् हो ।

२४ माघ, काठमाडौं । एउटा सरकारी कार्यदलले विभिन्न परियोजनामा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले लगानी गर्न सक्ने व्यवस्था गर्न सुझाएको छ । यसका लागि विभिन्न कम्पनीमा ५ प्रतिशत प्राथमिक शेयर आरक्षण गर्नुपर्नेछ ।

रेमिट्यान्स औपचारिक माध्यमबाट भित्र्याएर उत्पादनमुकल क्षेत्रमा उपयोग गर्नेबारे सुझाव दिन गठित कार्यदलले कम खर्चिलो, विनिमयदर बढी र सहज भएकाले हुण्डी लगायतका माध्यमबाट रकम पठाउने गरेको विश्लेषण गरेको छ ।

एकीकृत विप्रेषण व्यवस्थापन सूचना प्रणाली र प्रवासी श्रमिक कार्डको व्यवस्था पनि कार्यदलको सिफारिसमा परेको छ । रेमिट्यान्स पठाउनेलाई विभिन्न सेवा सुविधा र अघिल्लो आर्थिक वर्षभन्दा १५ प्रतिशत बढी रेमिट्यास भित्र्याउने संस्थालाई उत्कृष्ट रेमिट्यास कम्पनी अवार्ड दिने व्यवस्थाको पनि सुझाब तयार गरेको छ ।

कार्यदलले वैदेशिक रोजगारीमा रहेका उनका परिवारका सदस्यहरुले आवेदन दिन पाउने गरी विभिन्न कम्पनीमा ५ प्रतिशत प्राथमिक शेयर आरक्षणको सुझाव दिएको हो ।

सर्वेक्षण भइसकेका परियोजनाहरुको परियोजना बैंक बनाउने र त्यसमा लगानी जुटाउन आफ्नै ईच्छाले शेयर लगानी गर्न पाउने व्यवस्था गर्न समेत कार्यदलको सुझाव छ ।