राजनीतिक खिचलोका कारण संस्कृत विश्वविद्यालय ठप्प, ३ महिनादेखी कर्मचारी बेतलवी

माघ २४, काठमाडौं – नेपाल संस्कृत विश्वविद्यालय ठप्प हुँदा कर्मचारीले ३ महिनादेखी तलब पाएका छैनन् । चरम राजनीतिक हस्तक्षेपका कारण लथालिङ्ग भई नेपाल संस्कृत ठप्प हुँदा विश्वविद्यालयका प्रध्यापक तथा कर्मचारीहरुले तीन महिनादेखिको तलब नपाएको होे ।

अहिले विश्वविद्यालयको शैक्षिक, प्रशासिनक तथा आर्थिक कार्यक्रमहरु ठप्प भएका छन् ।

गत असारमा क्यानाडाको विश्व संस्कृत सम्मेलनमा भाग लिन जाने क्रममा विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बिनास्वीकृति भ्रमणमा जान लागेको भन्दै एयरपोर्टबाटै फर्काएपछि सुरु भएको उपकुलपति र कुलपतिबीचको राजनीतिक लडाइँका कारण विश्वविद्यालयका गतिविधिहरु ठप्प भएका हुन् ।

‘विश्वविद्यालयमा आवश्यकता भन्दा बढी राजनीति भएकाले गतिविधीहरु प्रभावित भएका कारण मंसिरदेखि शिक्षक कर्मचारीले तलब नपाएको कर्मचारीहरुको गुनासो छ । विश्वविद्यालयमा कार्यरत १ हजार १ सय ९१ शिक्षककर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन्।