सदरमुकामबारे रुकुम पूर्व तनावग्रस्त, बाक्लो सुरक्षाकर्मी पहिचालन

माघ, २३ काठमाडौ — सदरमुकामको बिषयलाई लिएर रुकुम (पूर्व) मा आन्दोलन चर्किदै गएको छ । जिल्ला सदरमुकाम कुन ठाउँमा राख्ने भन्ने विषयमा बिवादले भइरहेको आन्दोलननको रुप लिएको छ ।

जिल्लाको सिस्ने गाउँपालिकाको रुकुमकोटमा की पुथाउत्तरगंगा गाउँपालिकाको गोल्खाडामा कुन ठाउँमा सदरमुकाम राख्ने भन्ने विषयमा विवाद हुँदै आएको छ।आ–आफ्नो ठाउँमा सदरमुकाम माग गर्दै आएका स्थानीयले आन्दोलन गर्दै आएका छन् ।

२०७४ माघ ११ गते गोल्खाडामा जिल्ला सदरमुकामको केन्द्र राख्ने निर्णय गरेको थियो । उक्त निर्णय तत्काल कार्यान्यन हुनुपर्ने माग गर्दे गोल्खाडावासीले बुधबार (आज) जिल्ला प्रशासन कार्यालय रुकुमकोटमा पुगेर ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरेका छन्। तर, जिल्ला प्रशासन कार्यालय रुकुमकोटमा भने गत आइतबारदेखि घोषणा भएको निषेधाज्ञा जारी रहेको छ।