नेपालमा काम गर्न भारतीय नागरिकले पनि अव श्रम स्वीकृति लिनुपर्ने

माघ२३, काठमाडा–नेपालका औद्योगिक क्षेत्रमा कार्यरत भारतीय श्रमिकले श्रम स्वीकृति लिनुपर्ने भएको छ ।

सरकारले उद्योग प्रतिष्ठानमा काम गर्ने भारतीयलाई अनिवार्य रुपमा श्रम स्वीकृति लिन कडा व्यवस्था गरेको हो ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सबै श्रम तथा रोजगार कार्यालयहरुलाई उद्योग प्रतिष्ठानमा कार्यरत भारतीय श्रमिकको संख्या अध्यावधिक गर्न पत्राचार गरेको छ ।

उद्योग प्रतिष्ठानहरुमा काम गरिरहेका तर श्रम स्वीकृति नलिएको भए लिने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।