माघ २२, काठमाडौं –पाँच जना वालवालिकाहरुले फाटेको चप्पललाई मोवाईल बनाएर सेल्फी खिचिरहेको यो फोटो अहिले सोसल मिडियामा भाईरल बनिरहेको छ । यी कलिला र अबोध वालवालिकाहरु मन्द मुस्कानमा पोज दिएर सेल्फी खिचिरहेका छन् । धेरैका फेसबुकको भित्तामा अहिले यही फोटोले स्पेस पाईरहेको छ ।
यो फोटोले धेरैलाई वालपनको आभास गराएको हुनपर्छ । धेरैलाई नखिचेको फोटोको याद आएको हुनुपर्छ । अनि धेरैलाई याद आएको हुनपर्छ वचपनको यादहरु, वालापनका चर्तिकलाहरु । बसन्त सापकोटाले शव्द संरचना गरेको समिक्षा अधिकारीले गाएको यो गीतले पनि त्यही भन्छ, कहा आउँछ घुमेर यो वालपानको उमेर ।
जे होस अहिले फेसवुकको भित्तामा, ट्वीटरको पानामा र भाईवरमा यही फोटोको छाईरहेको छ । यही फोटो नेपाल र भारत लगायत देश भित्र र वाहिर रहेका धेरैका फेसवुकको भित्तामा पोस्ट भईरहेको छ । यो तस्बिरलाई भारतका थुप्रै सेलिव्टी र चर्चित कलाकारले पनि शेयर गरेका छन्। अभिताभ बच्चन, अनुपम खेर, बोमन इरानी र सुनिल शेट्टी लगायतका दिग्गज र अग्रज कलाकारको सोसल मिडियामा पनि पेवा बनेको छ ।
अमेरिकामा वसेर पत्रकारिता गरिरहेका नेपालका एक जना पत्रकार दिपक परियारले पनि आफ्नो फसेवुकको भित्तामा यही फोटो छापिएको छ । उनले आफ्नो फेसवुकको स्टाटसमा लेख्छन्, “मैले पनि केरा को थामलाई मादल बनाएर बजाएको छू । सालको लाथ्रोलाई मोटरसाइकिल बनाएर मुखले थुर्ररर आवाज निकालेर साथी भाईलाई त्यो लाथ्रो ‘मो।सा।’मा चढाएर गाऊँ भरी हुँक्काएको छू । तर धेरै वर्ष पछि मेरा याद हरू यि बालक ले सेल्फी खिचे जस्तै मेरा सपना हरू ताजा भए “न खिचे को फोटो याद आयो “” ।
त्यसैगरी राजधानीको थाहा सञ्चारमा क्रियासिल अर्का एकजना पत्रकारले आफ्नो फेसवुकको भित्तामा लेख्छन्, “खुसीको यो भन्दा उत्कृष्ट तस्विर अरु कहाँ पाउन सकिन्छ र सकिएला ? ”
अहिले यो फोटोले धेरैलाई आफ्नो वालपन र वचपनका यादहरुलाई फर्केर एकपटक सोच्न वाध्य बनाएको छ । सबैलाई वालापन र वचपनको याद दिलाएको यो फोटो खिच्ने को होला ? कहाँ खिचेको होला यो फोटो ? अहिलेसम्म यो फोटो खिच्ने कहाँ होलान ? गुमनाम छन् ।