रानीपोखरी पुनर्निर्माण जिम्मा अब राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई

माघ, २२ काठमाडौ— काठमाडौं महानगरपालिका रानीपोखरी पुनर्निर्माणको कामबाट मुक्त भएको छ । सरकारले रानीपोखरी पुनर्निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिएको छ ।

मन्त्रिपरिषद् बैठकले रानीपोखरी सहित सो क्षेत्रका पुरातात्विक संरचनाको पुनर्निर्माणसम्बन्धी सबै काम प्राधिकरलाई जिम्मा दिएको हो ।
भुइँचालो गएको चार वर्ष बित्न लाग्दा पनि रानीपोखरी पुनर्निर्माणबारे अन्यौल हुदै आएको थियो ।

यो अन्यौल साम्य पार्न सरकारले रानीपोखरीका सबै पुरातात्विक संरचना पुनर्निर्माण प्राधिकरणलाई दिने निर्णय गरेको हो।